बीपी संग्रहालयबाट विश्व प्रकाशले गरे महामन्त्रीमा उमेदवारी घोषणा

भदौ २४, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन् ।

बिहिबार कांग्रेसका संस्थापक बीपी कोइरालाको १०८ औँ स्मृति दिवसको सन्दर्भमा सुन्दरीजलमा रहेको  संग्रहालयमा पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रवक्ता शर्माले पार्टीलाई नयाँ ढंगले जागरण गर्ने भन्दै महामन्त्रीमा आफ्नो उम्मेद्वारी घोषणा गरेको बताए । उनले काँग्रेस पार्टीलाई १५ वर्षको संकल्प गराएर निरन्तर तीन पटक चुनाव जिताउन आफूले उम्मेद्वारी घोषणा गरेको दाबी गरे । उनले कांग्रेसले एउटा निर्वाचन जितेपछि दोस्रो निर्वाचन हार्ने गरेको भन्दै १५ वर्षको परिकल्पना नभए कांग्रेसमा पनि सुधार नआउने जिकिर गरे ।

 

शर्माले बीपी संग्रहालयमा रुद्रक्षाको विरुवा रोप्दै काँग्रेसलाई मजबुद बनाउन आफ्नो उम्मेद्वारले महत्वपूर्ण भूमिका निभाउने बताए । उनले संग्रहालयभित्र रहेका बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै अग्रज नेतृत्वले देखाएको सही पदमार्गमा काँग्रेसलाई डो¥याउन आवश्यक रहेको औल्याए । शर्माले महाधिवेशनबाट आएका नेतृत्वले देशको समृद्धिको लागि युवालाई उचित व्यवस्थापन सहित रोजगारको सिर्जना गर्ने र विदेशमा रहेका युवाहरुको मर्मलाई सम्बोधन गर्ने बताए ।

१४ औँ महाधिवेशनबाट कांग्रेसले दुई जना महामन्त्री निर्वाचित गर्ने नयाँ वैधानिक व्यवस्था छ । यसअघि युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शर्माले १३ औँ महाधिवेशनमा खुलातर्फ १ हजार ६ सय २० मतसहित १६औँ स्थानमा केन्द्रीय सदस्य जितेका थिए । उनलाई सभापति देउवाले पार्टीको प्रवक्ता मनोनीत गरेका थिए । शर्मा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.