–अनिमा सिंह
जोरपाटी अवस्थित नामी कलेजले “विधार्थीहरूको नोबल पुरस्कार” को नामले प्रख्यात हल्ट प्राइजको तयारी सुरु गरेको छ। गत बर्ष पहिलो पटक कदम राखेर सफलता प्राप्त गरेको यस विश्व प्रख्यात प्रतियोगिता नामी कलेजमा दोश्रो पटक हुन गइरहेको छ।
वार्षिक रुपमा हल्ट इन्टरनेसनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघद्वारा संयुक्त रुपमा आयोजना हुने यस प्रतियोगिता नेपालमा सन् २०१६ देखि संचालनमा आएको हो। सन् २०२१/२२ सम्म आईपुग्दा यो प्रतियोगितामा विश्वका १२१+ देशका ३०००+ कलेज तथा विश्वविधालयहरुका ३,००,००० भन्दा बढि सहभागीका बीच हुने भएको छ। व्यवसायको माध्यमबाट विश्वव्यापी रुपमा रहेको सामाजिक समस्याको समाधान गर्ने लक्ष्य साथ हल्ट प्राइज सुरु गरिएको हो। प्रत्येक बर्ष “दिगो विकास लक्ष्य (SDGs)” सम्बन्धित एक विषयमा केन्द्रित रहेर घोषणा हुने यस प्रतियोगिता यस वर्ष वैशिक सोच र स्थानीय अभिनयका साथ २०२४ सम्म दुई हजार रोजगार सिर्जना गर्ने भन्ने बिषयमा केन्द्रित रहेको छ।

यस प्रतियोगितामा भाग लिएका प्रत्येक संस्थाका प्रतिस्पर्धीहरुले तोकिएको विषयमा स्वतन्त्र व्यवसायिक योजना तयार पार्नु पर्ने हुन्छ। हरेक संस्था भित्रका सहभागी टिमहरुबीच विभिन्न ट्रेनिङ, वर्कसप र सेमिनारहरु गरेपछि आन्तरिक ‘अन क्याम्पस’ प्रतियोगिता संचालन गर्नुपर्ने हुन्छ। सहभागी टिमहरुको आन्तरिक मुल्यांकन गरेपछि विजयी टिम रिजनल प्रतियोगिताको लागि योग्य मनिनेछन्। त्यसपछि मुख्य प्रतिस्पर्धा भने रिजनल पछि संचालन हुने एक्सेलेरेटर प्रतियोगिताका विजयीहरुको बीचमा हुन्छ। उक्त सामाजिक विषयमा केन्द्रित व्यवसायिक योजना कार्यन्वयनको प्रयोजनको रुपमा विजयी टिमलाई रू १ मिलियन अमेरिकी डलरले सम्मान गरिनेछ।
यस बर्षको नामी कलेजमा यो भव्य कार्यक्रम क्याम्पस प्रतिनिधि कुशल तिरुवाको नेतृत्वमा हुनेछ। नामी कलेज पढाईमा मात्र नभई वाह्य क्रियाकलापमा पनि बल्दो सहभागी गराई बिधार्थीको जीवन स्थर उकस्ने हेतुका साथ यस्तै थुप्रै प्रतियोगिता आयोजना गर्दै आएको छ। त्येसैले पनि यस प्रतियोगिताका निम्ति सुरूवातका दिनहरु देखि नै विधार्थीहरुका सहभागिता उत्साहजनक रहेको छ। बि.बि.ए., वातावरण विज्ञान, र आई टी विषयका अध्ययन हुदैँ आइरहेको यस कलेजमा यसरी विश्वमा रहेका मुख्य समस्याहरुको समाधानतर्फ चलिएको उत्कृष्ट कदममा सहभागी हुन पाएर आफ्नो सोच र सिर्जनशीलताको प्रदर्शन गर्न पाउनु आफैमा विधार्थीहरुको लागि सुनौलो मौका हो। साथै विश्वव्यापी स्तरको प्रतियोगितामा सहभागी भएर अनुभव बटुल्न, व्यक्तित्व विकास गर्न, आफनो विचार संसारसामु पेश गर्न विधार्थीहरुको लागि यो अत्यन्तै उत्क्रिष्ट अवसर पनि हो।

