वामदेव गौतमले छाडे एमाले (राजीनामा पत्रसहित)

भदौ १८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार नेता गौतमले एमाले मुख्यालय पुगेर पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

नेता गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका छन् । ‘तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्मगर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगाल्नुभयो । त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो,’ गौतमले राजीनामा पत्रमा भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’ पछिल्लोपटक नेता गौतमले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद अनुशरण गरे पार्टी प्रवेश गर्ने बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.