बागमती नदीमा काभ्रेका एक युवककाे शव भेटियो

भदौ १८, काठमाडौं । बागमती नदीमा एक युवकको शव भेटिएको छ। काठमाडौंको मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मिन लामाले शव काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङको भएको जानकारी दिए। बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको लामाले बताए।

उनको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको लामाले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको लामाले बताए। शव प्रहरीले नै देखेको थियो।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.