आत्माको पुकार सुनेर निर्णय गर्न पौडेलको आह्वान (भिडियो)

भदौ १७, काठमाडौँ– कांग्रेसको १४ औं महाधिवेशनका लागि वडा अधिवेशन सुरु हुन केही दिन बाँकी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले विहीबार एक भिडियो सन्देश जारी गर्दै आत्माको पुकार सुनेर निर्णय लिन आह्वान गरेका छन् ।

३ मिनेटको भिडियो सन्देश सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले देश बनाउने गहन जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै यस्तो परिस्थितिमा कांग्रेसको महाधिवेशन हुन लागेको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरुले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।

यही भदौ १८ बाट कांग्रेसका वडा अधिवेशनहरु सुरु हुँदैछन् । १८ गते देशभरका सबै वडामा एकै दिन अधिवेशन गर्ने भनिए पनि तयारीका कारण विभिन्न जिल्लाहरुमा फरक फकर मितिमा वडा अधिवेशनहरु हुँदैछन् । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । ती क्षेत्रीय प्रतिनिधिले निर्वाचन क्षेत्र कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश महाधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको अधिवेशनमा भाग लिन पाउने छन् ।

वरिष्ठ नेता पौडेलले वडा अधिवेशन सुरु हुनु अघि भिडियो सन्देश जारी गर्दै आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने संकेत गरेका छन् । पौडेल १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँष्ग सभापतिमा पराजित भएका थिए । देउवाले फेरि सभापतिमा उम्मेदवार बन्ने तयारी गरेका छन् । उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले औपचारिक रुपमै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

पौडेल समूहमा सभापतिका आकांक्षीहरुबीच लगातार छलफल चलिरहेको छ । विहीबार पौडेल समूहले उम्मदेवारीका विषयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.