साउन ३१, काठमडौं । सकारले बिहीबार राजपत्रमा प्रकाशित गरि श्रमिकको नयाँ पारिश्रमिक तोकेको छ । श्रम तथा रोजगार मन्त्रालयले यही साउन १ गतेबाट लागु हुने गरि नयाँ पारिश्रमिक तोकेको हो ।
नयाँ पारिश्रमिकअनुसार मासिक पारिश्रमिक न्युनतम ८ हजार ४ सय ५५ र महंगी भत्ता ४ हजार ९ सय ९५ गरी जम्मा १३ हजार ४ सय ५० हुनुपर्ने छ । यो पारिश्रमिक चिया बगानमा काम गर्ने श्रमिकको भने होइन । चिया बगानका श्रमिकको तलब मासिक ६ हजार ४ सय ६९ र महंगी भत्ता ४ हजार ३ सय १२ गरी १० हजार ७ सय ८१ रुपैयाँ तोकेको छ ।
सरकारले स्थानीय तहले पनि श्रमिकको पारिश्रमिक तोक्न पाउने जनाउँदै सरकारले तोकेको भन्दा कम पारिश्रमिक निर्धारण गर्न नपाइने उल्लेख गरेको छ ।