१४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय अधिकृत

साउन ३१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई पक्राउ गरेको छ ।

एक सेवाग्राहीको अंशबण्डा गर्ने सिलसिलामा जग्गा रेखाङ्कन तथा कित्ताकाट प्रयोजनका क्रममा घुस माग्दामाग्दै आयोगको टोलीले बिहीबार कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी लालको थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ । रासस

Satkar Media House
Leave A Reply

Your email address will not be published.