भदौ ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ देखि लागु हुने बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी छन् ।
शर्मा अहिले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा(५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापति पदमा नियुक्त गरेकी हुन् । प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि सरकारले शर्मालाई कायमुकायम सेनापतिको जिम्मेवारी दिएको थियो ।

