लामो समयदेखि रोकिएको लाइसेन्स परीक्षा सञ्चालन हुने

भदौ ११, काठमाडौँ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्ष सञ्चालन हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएको लाइसेन्स परीक्षा तोकिएका मापदण्ड पूरा गरेर एक सातापछि हुने विभागले जनाएको छ । कोभिड जोखिम कायमै रहेका कारण निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने र यसका लागि लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको विभागले जनाएको छ ।विभागका अनुसार परीक्षार्थीहरुलाई ट्रायल हुने समय तोकि २४ घण्टाअगाडि जानकारी गराइने छ र तोलिएको समयमा उपस्थित नभए सो दिनमा अन्य सिफ्टमा समेत सामेल हुन पाइने छैन ।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी सामेत गराइने विभागद्वारा जारी मापदण्डमा उल्लेख छ । त्यस्तै परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैंले गर्नुपर्ने छ ।परीक्षा शुरु हुनुअघि १५ मिनेट अगाडि मात्रै उपस्थित हुनुपर्ने छ भने परीक्षार्थीको तापक्रम मापन गरेर परीक्षा हलमा प्रवेश गराइने विभागद्वारा जारी मापदण्डमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.