थप २ हजार ४४३ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

भदौ १०, काठमाडौं । गत २४ घण्टामा नेपालमा १४ हजार ३७४ जनाको परीक्षण गर्दा २ हजार ४४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९२९ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७०२ पीसीआर परीक्षण गर्दा २ हजार ०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६७२ परीक्षण गर्दा ३८१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २६ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.