यी हुन् नेकपा (एकीकृत समाजवादी)का ३० सांसद (सुचीसहित)

भदौ ९, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगले आज सनाखत गरेकोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल पनि छन् ।

माधव नेपाल नेतृत्वको नयाँ दल दर्तामा एमालेका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३० सांसदको हस्ताक्षर सनाखत भएको हो । जसमा प्रतिनिधिसभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराभन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंके, लक्ष्मी चौधरी र विना बुढाथोकी रहेका छन् ।

यस्तै राष्ट्रिय सभाका बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाइँ र शान्तिकुमारी अधिकारी जिसी रहेका छन् । सोमप्रसाद पाण्डेलगायत ४ सांसदको विषयमा कुरा मिल्न सकेन । नेकपा एसका नेताहरुले किन मिलेन भनेर पत्र दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । सोही क्रममा नेकपा एकीकृत समाजवादीका ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका छन् ।

यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । भारतमा उपचारको क्रममा रहेका उनले दूतावासमार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.