साउन ३१, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो दलबाट उम्मेदवार बनेर विजयी भएका मेयर र उपमेयरहरुलाई काठमाडौं बोलाएको छ ।
स्थानीय सरकारले जनताको ढाड सेक्नेगरी कर निर्धारण गरिएपछि कांग्रेसले भाद्र १० गते देशभरका आफ्नो दलबाट विजयी मेयर र उपमेयरलाई काठमाडौं बोलाएको हो । स्थानीय सरकारले नदी तरेको देखि लिएर कुखुराको अण्डामा समेत कर लगाएपछि सो विषयमा छलफल गर्न मेयर र उपमेयरलाई काठमाडौं बोलाईएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
स्थानीय तहमा जथाभावी कर वृद्धि गरिएपछि सरकारको आलोचना भईरहेको छ । स्थानीय सरकारहरुले लागू गरेका कर निर्धारणका मापदण्डका विषयमा छलफल गर्न मेयर र उपमेयरहरुलाई काठमाडौं डाकिएको प्रवक्ता शर्माले बताए।