ठाकुर नेतृत्वकाे लोसपाका १४ सांसद र १७ कार्यकारिणी सदस्यकाे सनाखत

भदौ ९, काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ। जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो।

लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए। यसअघि १५ सांसदले हस्ताक्षर सनाखतका लागि निवेदन दिएकोमा १ जना अनुपस्थित भएका छन्।

जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन्। जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.