भारत पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन

साउन ३१, काठमाडौं । भारत पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ९३ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९२४ डिसेम्बर २५ तारिखमा जन्मिएका उनको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएपछि श्रद्धाञ्जली दिन अस्पताल परिसरमा विशिष्ठ ब्यक्तिहरुको भिड लागेको छ । तीन पटक प्रधानमन्त्री बनेका उनी पछिल्लो पटक दुई महिनादेखि एम्समा उपचाररत थिए, उनी ९ वर्षदेखि बिरामी थिए । उनलाई पिशाव नलीमा संक्रमण भएपछि ११ जुनमा एम्समा भर्ना गरिएको थियो ।

पछिल्लो पटक उनको केबल एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वर्षदेखि निजी चिकित्सक रहेका डा। रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो । बुधवार राति एम्सले मेडिकल बुलेटिन निकाल्दै अटलको स्वास्थ्य पछिल्लो २४ घण्टामा धेरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई ुलाइफ सपोर्ट सिस्टमु मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमाएम्सले अटलको स्थितिमा कुनै सुधार नभएको जनाएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.