दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुईजना घाइते

भदौ ७, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

खयरवनीबाट सम्सीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज९प ३८५० नम्बरको मोटरसाइकल गए राति करिब ९ बजे आपसमा ठोक्किएका थिए । मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकल चालक सोनमा गाउँपालिका–५ का ३० वर्षीय उदयकुमार यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जानकी हेल्थ केयरमा राति नै मृत्यु भएको हो । घाइते भएका अर्का मोटरसाइकल चालक सोनमा गाउँपालिका–३ का २२ वर्षीय ललिन्द्र यादव र सोही मोटरसाइकलमा पछाडि सवार २७ वर्षीय दामोदर यादवको नवजीवन अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.