देशभरका यी स्थानमा भइरहेको छ वर्षा, सतर्क रहन आग्रह

भदौ ७, काठमाडौं । देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आफ्नो नियमित बुलेटिनमार्फत सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ।

‘प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷ चट्याङ्गसहित भारी वर्षा भइरहेको छ।’ पूर्वानुमान महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।’ नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.