२० युनिट खपत गर्ने नागरिकले डेढ महिनाभित्र निःशुल्क विद्युत पाउँछन्– ऊर्जामन्त्री

भदौ ५, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिनामा कार्यान्वयनमा ल्याइछाडने प्रतिवद्धता जनाएकी हुन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अब विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन्।

मन्त्री भुसालले भनिन्,‘२० युनिटसम्म विद्युत बाल्ने कति छनरु भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागें । त्यो चाहीँ अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेछन्। उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु। प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु। त्यो विद्युत नियमन आयोगले निर्णय गरेपछि करिव डेढ महिनाभित्र कार्यान्वयनमा आउँछ।’

मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गरिन्। उनले गरिवी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको पनि पटकपटक दोहोर्याइन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.