विश्वमा कोरोना : संक्रमित हुनेकाे संख्या २१ कराेड नाघ्याे, अमेरिकामा पुनः बढ्न थाले

भदौ ३, काठमाडौं । अ‍ेरिकामा कोरोनाको संक्रमणदर पुनः उकालो लागेको छ। केहीदिन यता लगातार अमेरिकामा एक लाख बढी संक्रमित थपिन थालेका हुन्। गत २४ घण्टामा पनि अमेरिकामा ए लाख ५२ हजार पाँच सय ७८ जना कोरोनाका संक्रमित थपिएका छन्।

यो संख्या थपिएसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन करोड ८० लाख ६७ हजार एक सय सात पुगेको छ। अमेरिकामा कोरोनाका कारण छ लाख ४१ हजार तीन सय १२ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा एक हजार बढीको मृत्यु भएको छ। अझै पनि अमेरिकामा ७० लाख ८५ हजार बढी सक्रिय संक्रमित रहेका छन्।

अमेरिकापछि ब्राजिल, इरान, भारत र बेलायतमा ३० हजार बढी संक्रमित गत २४ घण्टामा थपिएका छन्। फ्रान्स, मलेसिया, रसिया र थाइल्याण्डमा २० हजार बढीका दरले कोरोनाका संक्रमितहरु थपिएका छन्।

गत २४ घण्टामा विश्वभरमा छ लाख ८३ हजार दुई सय २६ जना कोरोनाका संक्रमित थपिएका छन्। १० हजार बढीले ज्यान गुमाए भने हालसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या २१ करोड ५० हजार दुई सय दुई पुगेको छ।

यस्तै ४४ लाख चार हजार दुई सय दुई जनाले ज्यान गुमाएका छन् भने १८ करोड ८१ लाख ८५ हजार सात सय ८१ जना निको भएका छन्। हालसम्म सबै भन्दा बढी प्रभाव अमेरिकामा परेको छ। त्यसपछि भारतमा पनि २ करोड बढी संक्रमित भेटिएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.