गुम्बा विहारको पुर्ननिर्माणको माग गर्दै बौद्धधर्मलम्बीहरुले यसरी गरे विरोध ¥याली

साउन ३०, काठमाडौँ । २०७२ सालमा भूकम्पले क्षती पुर्‍याएका गुम्बा र विहारहरूको पुनः निर्माणलाई गति दिन माग गर्दै बौद्धमार्गीहरुले काठमाडौंमा बुधबार र्‍याली तथा प्रदर्शन गरेका छन् ।

नेपाल गुम्बा विहार महासंघको अगुवाईमा भृकुटीमण्डपबाट निस्केको र्‍याली सहिदगेट, सुन्धारा हुँदै रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरूले सरकारले गरेको ६ बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै नारा लगाएका थिए। देशका विभिन्न जिल्लाबाट भेला भएका महासंघ आबद्ध बौद्धमार्गीहरुले प्लेकार्ड, व्यानर र पोसाकसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका १ हजार ३२० गुम्बा र विहारहरू सर्वेक्षण प्रतिवेदन २ हप्ताभित्र सार्वजनिक गर, मित्र राष्ट्रहरूबाट प्राप्त अर्बौं आर्थिक सहयोग बोद्ध गुम्बा र विहार पुनर्निर्माणका लागि तुरून्त वितरण गर, गुम्बाहरूको सर्वेक्षण गर, गुम्बा शिक्षालाई संस्कृत शिक्षासरह शैक्षिक मान्यता प्रदान गरजस्ता नारा लगाएका थिए ।

तस्बीरः रबिराज रिमाल

Satkar Media House
Leave A Reply

Your email address will not be published.