जुममार्फत् माधव नेपालले विशेष सम्बोधन गर्दै

भदौ १, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विशेष सम्बोधन गर्ने भएका छन् । नेपालले जुममार्फत् जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गर्न लागेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार नेता नेपालले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

सरकारले अध्यादेश ल्याउन लागेको विषयले एमालेमा तरंग ल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति वक्तव्य जारी गर्दै दल विभाजनको अध्यादेश ल्याउन लागेको भन्दै पार्टी फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । त्यस्तै ओलीले आजका लागि पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.