काठमाडौंमा यार्चागुम्बा लुटेको आरोपमा सात पक्राउ

साउन ३१, काठमाडौँ । काठमाडौंमा यार्चागुम्बा लुटेको आरोपमा सात जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

उनीहरूले गत आइतबार नयाँ बसपार्कमा दीपक लामा र सुरेश सापकोटबाट एक किलो यार्चागुम्बा लुटपाट गरेका थिए। लुटपाट भएको भन्ने निवेदनका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। मुख्य योजनाकार बझाङ घर भएका भक्तपुरको सूर्यविनायक बस्ने ३४ वर्षीय धर्म ओखेडा रहेको प्रहरीले जनाएको छ। म्यानवपावर व्यवस्थापक समेत रहेका दोलखा घर भई ठमेल बस्ने ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, रामेछाप घर भइ नयाँ बजार बस्ने २७ वर्षीय दीपक थापा मगर, काभ्रे घर भई नयाँबजार बस्ने २७ वर्षीय विशाल लामा, २३ वर्षीय योङ्देन लामा र २२ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

साथै यार्चागुम्बा किन्ने भारतको कास्मिर घर भई नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाकलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये एक जनाले किन्ने बहाना बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। गत साउन २४ गते किन्न बोलाएर मेरो एक किलो यार्सागुम्बा लुटियो भनेर पीडित यहाँ उजुरी गर्न आए। ‘हामीले के भएको हो भनेर अनुसन्धान गर्दै जाँदा लुट्नेमध्ये एक जनालाई फेला पार्‍यौं,’ प्रहरी उपरीक्षक कोइरालाले भने। उनीमाथि सोधपुछ गर्दै जाँदा धर्म ओखेडा भन्ने मुख्य योजनाकार भएको खुलेको हो।

ओखेडाले लामा र सापकोटासँग यार्चागुम्बा छ भन्ने पहिल्यै थाहा पाएका थिए। सो कुरा थाहा पाएपछि उनले लुट्ने योजना बनाएको कोइरालाले बताए। उनले लामा र सापकोटालाई एक किलो यार्सागुम्बाको २८ लाख दिन्छु भनेर भनेर नयाँबसपार्क मित्रपार्कस्थित एक होटलमा बोलाए। ओखेडाको समूह पहिले नै लुटपाट गर्न तयार भएर बसेका थिए। यार्चागुम्बा देखाउन ल्याउ भनेपछि पहिला ओखेडा आफैँ गएर हेर्यो। पछि ल ठिक छ एकैछिनमा आउँछु भनेर हिँड्यो।

अनि उनी निस्कन बित्तिकै मनोजकुमार श्रेष्ठ भन्ने अर्का व्यक्तिलाई अघि सार्यो, उनले भने, ‘मनोजसहित अरू गएर धम्क्याएर उनीहरूबाट यार्चागुम्बा लुटेर भागे। बाहिरबाट उनीहरू दुबैलाई चुकुल लगाएर भागे।’

लुटपाट गर्ने समूहसँगै एक जना किन्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको हो। मोहम्मद ईसाकबाट प्रहरीले सात किलो ७४० ग्राम यार्चागुम्बा बरामद गरेको छ। जसमध्ये एक किलोमात्रै लुटिएको उनले प्रहरीलाई बताएका छन्। यद्यपी उनले बाँकी यार्चागुम्बाको पनि कागजात देखाउन नसकेको प्रहरीले जनाएको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.