थप २६ सय बढीमा कोरोना पुष्टि, १३ सय निको

साउन ३०, काठमाडौं । शनिबार नेपालमा २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ एन्टीजेन परीक्षणमा क्रमशः १ हजार ९४७ र ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३२० जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार २५९ जनाको मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.