साउन ३०, काठमाडौँ । प्रगति महिला समूह गोकर्णेश्वर ८ माकलबारी द्वारा कोभिड -१९ सम्बन्धि जनचेतना तथा मास्कको प्रयोग बारेमा बिज्ञ द्वारा प्रशिक्षण तथा सात दिने महिला आत्मरक्षा प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे,उप प्रमुख शान्ती नेपाल,गोकर्णेश्वर नगरपालिका वडा न ४ र ८ का अध्यक्ष द्वय श्रीकुमार श्रेष्ठ र मनोज ढुंगाना लगाएत बिशिस्ट ब्यक्तिहरुको उपस्थितिमा गोकर्णेश्वर लाईट एकेडेमीको प्राङ्गण माकलबारीमा शुरु भएको हो। “लक्ष्मण रेखा “आत्मरक्षा टिम सङको सहकार्यमा प्रशिक्षक द्वय हिरादेबी राई र पेमा डोल्मु तामाङले एक हप्ता सम्म दैनिक सैद्धान्तिक,व्यवहारिक तथा शारीरिक प्रशिक्षण प्रदान गर्नेछन्।

हाम्रो समाजमा दिन दिनै बढ्दै गईरहेको महिला हिंसा न्यूनीकरण गर्नका लागि केही हद सम्म भएपनि सहयोग पुगोस भन्ने उदेश्यले महिला दिदीबहिनीहरुका लागि यो प्रशिक्षण प्रदान गर्न लागेको प्रगती महिला समुहकी अध्यक्ष फुलमाया गुरुङले बताईन। प्रशिक्षणमा प्रगति महिला समुह र माकलाबारी क्षेत्रमा बसोबास गर्ने करिब एक सय महिला दिदिबहिनीहरुको सहभागिता रहनेछ।

