माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू

साउन ३०, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। अनुपम पार्टी प्यालेसमा बैठक सुरू भएको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र संगठनात्मक संरचनासम्बन्धी प्रतिवेदन पेस गर्ने भएका छन्।

यसअघि २० असारमा बाेलाएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गर्ने भनिएकाे थियाे। तर, बैठक स्थगित भयाे।

आजकाे बैठकमा गठबन्धन सरकारमा क-कसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल हुने भएकाे छ। माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेकाे २९ असारमा दुई जना मन्त्री पठाएको थियोे।

त्यसयता माओवादीले मन्त्री बन्नेहरूकाे नाम टुंग्याएर पठाउन सकेको छैन। माओवादीमा मन्त्री बन्न चाहनेहरू अधिक छन्। त्यही भएर  पनि मन्त्री बन्नेहरूकाे नाम टुंग्याउन नसकेको हाे।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ`प्रकाश´ले कति र कुन कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागेकाले मन्त्री बन्नेहरूकाे नाम टुंग्याउन नसकिएको बताएका छन्।

यस्तै, माओवादीले सबै वडा कमिटी गठन गरी कमिटीको विवरण अद्यावधिक गरिसकेकाे छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.