त्रिविअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोना खोप दिइने

साउन २८, काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले त्रिवि अन्तर्गत परीक्षा दिने करिब ६० हजार विद्यार्थीलाई खोप दिइने र त्यसका लागि तयारी गर्न जिल्लाहरुलाई निर्देशन दिइएको बताए। उनले भने, ‘जिल्लामा जुन खोप उपलब्ध छ, त्यही खोप दिइने छ। जिल्लाले कहिलेदेखि दिने भन्ने कार्यक्रम बनाउँछन्। परीक्षार्थीले आफ्नो प्रवेशपत्र देखाएर खोप लगाउन पाउनेछन्।’

सरकारले कोरोना महामारीको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गरेको थियो। त्यसपछि त्रिवि अन्तर्गत भौतिक रुपमै उपस्थित भई सञ्चालन भइरहेका परीक्षा पनि स्थगित गर्नुपर्ने माग भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.