सामाजिक सुरक्षा भत्ताबाट कटौती गरि कर असुली

साउन ३१, मुगु । जिल्लाको एक गाँउपालिकाले निर्धारण गरेको कर नउठ्लाकी भन्दै सामाजिक सुरक्षा भत्ताबाट कटौती गर्ने गरेको पाइएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुबाट रकम कटौती गरेर कर उठाउने गरेको पाईएको हो ।

जिल्लाको चार स्थानीय तह मध्ये मुगुम कार्मारोङ्ग गाँउपालिकाले एकीकृत सम्पति कर निर्धारण गरी कर उठाउने योजना वडालाई सुम्पेको थियो । गाँउपालिकाले ९ वटै वडाका बृद्ध बृद्धा, अपाङ्ग, एकल महिला, र बालबालिकाको पोषण भत्ता बापतको सामाजिक सुरक्षा भत्ताबाट रकम कटौति गरेर कर उठाउने गरेको हो ।

गाँउ विकास समितिले प्रति कित्ता दुई रुपैयाँका दरले बार्षिक कर उठाउने भए पनि अहिले प्रति कित्ता १५ रुपैयाँ तिर्नु पर्ने बाध्यता रहेको छ । भुमि कर बाहेक ब्यबसाय , पशु , चौपाया, जडिबुटी संकलन तथा किन बेचमा समेत गाँउपालिकाले भारी कर निर्धारण गरेपछी अप्ठेरो भएको मुगुम कार्मारोङ्ग गाँउपालिका–२ का च्यावा तामाङ्गले बताए ।

गाँउपालिकाले निर्धारण गरेको कर स्थानीयले समयमा नर्तिने गरेको भन्दै वडाले प्रत्येक घरका सामजिक सुरक्षाभत्ता पाउने ब्यक्तिको रकमबाट कटौति गरेर कर उठाउने गरिएको स्थानीय बताउँछन् । सामाजिक सुरक्षा भत्ताबाट कटौति गरेर कर उठाउन नपाउने भए पनी घर धुरी संख्या एकिन गर्नका लागी मात्र सामाजिक सुरक्षा भत्ताबाट केही रकम कटौति गरेर कर उठाएको भन्ने आफुलाई जानकारी भएको तर अब यस्तो नहुने मुगुम कार्माराङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले बताए ।
नागरिकबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.