हालसम्म ५ लाख ३८ हजार जनालाई नि:शुल्क मास्क

साउन २४, काठमाडौँ । कोभिड– १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार ७६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ३७ हजार ७ सय ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियानअन्तरर्गत उक्त मास्क वितरण गरिएको प्रहीले जनाएको छ । आज निषेधाज्ञा उल्लंघन गर्ने १६१ जनालाई १६ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३ हजार ७१७ जनालाई सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.