पहिरोले पुरिएर वेपत्ता भएका सासु बुहारी मृत भेटिए

साउन ३०, बाग्लुङ । देशभरि वाढी र पहिरोले नागरिक पीडित भइरहेको खबरहरु आइरहेकै बेला बागलुङको पश्चिम निसीखोला गाउँपालिका–३ मा पहिरोले पुरिएर वेपत्ता भएका सासु बुहारी मृत भेटिएका छन् ।

आज बिहान करिब ६ बजेको समयमा घर माथि देखि पहिरो झर्दा ६५ वर्षिया धनकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही घर सँगै पुरिएको र साँझ उनीहरुको लास फेला परेको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख रिणबहादुर बैद्वारले जानकारी दिए । घर माथि देखि झरेको पहिरोले पुरिएर वेपत्ता भएका सासु बुहारीसँगै रहेका ३ वर्षीय बालक दिनेश शाही भने बाँच्न सफल भएका छन् । उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अहिले प्रहरीले घटनास्थलमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.