साउन २०, काठमाडौं । टोखा नगरपालिकामा आज ३० वर्षमाथिका व्यक्तिहरूलाई कोभिड–१९ विरूद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाइँदै छ ।
तीनवटा केन्द्रहरूमार्फत खोप लगाइनेछ । टोखा चण्डेश्वरी अस्पताल, तिलिङटार मावि र मनोहर माविमा खोप लगाइने नगरपालिकाले जनाएको छ ।
तीन स्थानहरूमा बिहान ८ बजेदेखि ३० वर्षमाथिको नागरिकता वा उमेर खुल्ने सरकारी परिचयपत्रको आधारमा कुपन दिइनेछ । एक व्यक्तिलाई एउटा मात्र कुपन दिइने जनाइएको छ ।
खोप लगाउनको लागि ३० वर्षमाथिको उमेर खुल्ने कागजात र अनिवार्य रूपमा अनलाइन दर्ता गरी आठ अंकको दर्ता नम्बर लिएर जानुपर्नेछ । आज प्रत्येक केन्द्रमा ७०० का दरले २,१०० खोप लगाइने नगरपालिकाले जनाएको छ । 

