माधव समूहकाे आजकाे बैठक स्थगित

साउन २०, काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बोलाइएकाे बैठक केही नेताहरू काठमाडौंबाहिर रहेकाले भोलिसम्मका लागि स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले बताए ।

बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ । एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राखेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.