तत्काल सरकारमा नजाने खनाल– नेपाल समूहको निष्कर्षः एकताको प्रयास जारी राख्ने

साउन १८, काठमाडौं । एमालेको माधव नेपाल–झलनाख खनाल समूहले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

बुद्धनगरको एक बेङ्क्वैटमा सोमबार बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर एकताको पहल भइरहेको बेला बैठक बसेर निर्णय गर्न रोक्नुपर्ने निष्कर्ष बैठकको छ । ती नेताका अनुसार बैठकमा तत्काल सरकारमा सहभागी नहुने सहमति भएको छ । बैठकमा नेताहरूले ओलीले जिल्ला कमिटी बैठकमा दिएको अभिव्यक्ति एकता भाँड्ने खालको भएको बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.