मेलम्ची बाढीको कारण पत्ता लगाउन गृहमन्त्रीद्वारा विज्ञसहितको टोली पठाउन निर्देशन

साउन १७, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ ।

पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पाखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिनुभएको बागमती प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिनुभयो । बिहानै गृहमन्त्रीलाई बाढीले पुर्याएको क्षति बारे जानकारी गराएको थिए’, प्रदेश सभा सदस्य लामाले भन्नुभयो, ‘तत्काल भूगर्वविद्सहित विज्ञ टोली पठाएर अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’ मौसमले साथ दिए आज नै भ्रेमाथाङ जाने तयारी भएको लामाले बताउनुभयो । हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास हिजो दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो । तल्लो तटीय क्षेत्रमा भने पानी परेको छैन् ।

असार १ गते आएको बाढी निरन्तरको वर्षाले भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको विज्ञले बताएका थिए । अहिले पनि त्यहाँ निरन्तर वर्षा भइरहेकाले बाँकी भाग बगाएर आएको हुनसक्ने अनुमान प्रदेश सभासद लामाको छ । बिहानैबाट मेलम्ची खोलामा ठूलो बाढी आएको छ । सोही क्षेत्रबाट प्रदेश सभामा विजयी हुनुभएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.