साउन ३०, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले ज्ञवालीलाई नै सीईओ बनाएका थिए । तर ज्ञवालीले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले बर्खास्त गरेपछि पुनर्वहालीको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सरकारलाई नै विपक्षी बनाई मुद्दा दायर गरेका थिए । उक्त मुद्दा अहिले पनि विचारधिन रहेको छ । अब ज्ञवाली मुद्दा फिर्ता लिने तयारीमा छन् । २०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि गठन भएको प्राधिकरणमा अहिलेसम्म ४ जना सीईओ परिवर्तन भईसकेका छन् ।