भीमफेदी बालगृहका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

साउन १७, काठमाडौँ । मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ।

एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ। बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.