‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिए

साउन १६, काठमाडौं । नेपालकै चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन्। शुक्रबार भएको सेफिफाइनलबाट चार जना कोचका १-१ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर  र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्।

चारवटै टीमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.