साउन १४, काठमाडौँ । नेपालमा आज कोरोना भाइरसका ३ हजार ३ सय ६५ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६ सय ८७ गर्दा १०३० मा संक्रमण देखिएको छ।
कुल १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। आज १३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५० हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् । थप १४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ५९७, ललितपुरका १५५ र भक्तपुरका १०८ जना छन्।

