विश्वभर काेराेना : ४२ लाख बढीले ज्यान गुमाए, अमेरिकामा फेरि बढ्दाे क्रममा

साउन १४, काठमाडौँ ।  गत २४ घण्टामा विश्वभरमा कोरोनाका कारण ९ हजार आठ सय ९९ जनाको मृत्यु भएसँगै कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार सय ६५ पुगेको छ।

सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा पुनः संक्रमण बढ्न थालेको छ। अधिकांश नागरिकलाई खोप लगाए पनि अमेरिकामा पछिल्लो २४ घण्टामा ८४ हजार चार सय ६ जनानमा संक्रमण भएको छ। यस्तै थप चार सय ८३ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा ६ लाख २८ हजार ९८ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन्। यस्तै, पहिलो लहरको कोरोना महामारीका बेला अमेरिकापछि प्रभावित भएको ब्राजिलमा ५ लाख ५३ हजार दुई ७२ जनाले हालसम्म कोरोनाका कारण ज्यान गुमाउनु परेको छ। ब्राजिलमा गत २४ घण्टामा ४८ हजार बढी संक्रमित थपिएका छन् भने एक हजार तीन सय ६६ जनाको मृत्यु भएको छ।

दोस्रो लहरले अति प्रभावित भारतमा भने संक्रमण घटेको छ। दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा केही दिनदेखि ५० हजारको संख्या बढेको छैन। तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन्। भारतमा बिहीबार बिहानसम्म ४ लाख २२ हजार ६९५ संक्रमितको मृत्यु भएको छ। यस्तै म्याक्सिकोमा २ लाख ३९ हजार ७९ जना, पेरुमा एक लाख ९६ हजार एक सय ३८ जना, रूसमा १ लाख ५६ हजार ‍एक सय ७८ जना, बेलायतमा १ लाख २९ हजार चार सय ३० जना, फ्रान्समा १ लाख ११ हजार सात सय ३५ जना, इटालीमा १ लाख २८ हजार १० जनाको मृत्यु भएको छ।

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ५३ हजार पाँच सय २२ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ३४ हजार चार सय ६० छ। पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ८० लाख ७७ हजारभन्दा बढी छ। होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४३ लाख ४९ हजार ७०३ छ । यसमध्ये ८६ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.