सुन पसल लुटपाट गर्ने खोज्ने ६ जना हतियार सहित पक्राउ

साउन १३, काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिका(१० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका– २० तरहरा डेरा गरी बस्नेहरू संखुवासभा सभापोखरी गाउँपालिका(४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्र बहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका– ६ घर भएका ३० वर्षीय चिरञ्जिवि राई, भोजपुर पौवादुम्मा गाउँपालिका– ३ घर भएका ३० वर्षीय नगेन्द्र राई, सुनसरी गढी गाउँपालिका– १ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका– ५ बस्ने २२ वर्षीय मिशन राई र मोरङ सुन्दरहरैचा नगरपालिका– ७ बस्ने ३१ वर्षीय सन्तोष राई छन् ।

उक्त ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्न योजना बनाए पनि सफल हुन नसके पश्चात बुढी खोलाको बाटो हुँदै ईटहरीतर्फ गएको र साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाई छिपाई राखेको प्रहरीले जनाएको छ ।

गत साउन १ गते दिउँसो उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियारसहित प्रमोद चौधरी लगायत ३ जना प्रवेश गरेको र अन्य ३ जना उक्त पसलको वरिपरि निग्रानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै सुन्दरहरैचा नगरपालिका(५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाई राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्रि राइफलको ४ राउण्ड गोली र २ थान संचार सेट प्रहरीले बरामद गरेको छ ।

साथै उनीहरुको साथबाट को।२ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १– ०२– ०४४ प ५९९५ मोटरसाईकल, को. २० प १८६ मोटरसाईकल, को. ८ प ६५८३ मोटरसाईकल, को. २१ प ६७०३ मोटरसाईकल, ८ थान मोबाइल र नगद १६ हजार १ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.