निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा

साउन १२, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।

एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिनेरदिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।

सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । उनीविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरिएको छ । त्यस्तै अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउतसँग पनि त्यति नै विगो माग दावी गरेको छ । तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।

यसअघि पनि लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा सिंहसहित मैनाचुली निर्माण सेवा प्रालिका प्रवनध निर्देशक मदनकुमार अधिकारी विरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५६ रुपैयाँ बारकरको भ्रष्टाचारको मुद्दा दायर भएको थियो । निर्धारित शर्त र सम्झौताविपरीत कमजोर गुणस्तरको ग्याविन तार प्रयोग गरेर काम गरेको आरोप उनीहरुविरुद्ध थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.