‘तिमी र म’मा एकसाथ देखिए आयुष र ग्रेसी ( भिडियो )

साउन १२, काठमाडौं । रक शैलीको ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ।

युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन्। बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन्। नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्। म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन्। जिदेन तामाङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक खतिवडाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.