भारतमा एकैदिन ३९ हजार संक्रमित थपिए

साउन १२, काठमाडौं । भारतका एकैदिन ३९ हजार ३६१ हजार कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४१६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कूल चार लाख २० हजार ९६७ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै भएकाहरूको कूल सङ्ख्या चार लाख ११ हजार १८९ रहेको पनि अधिकारीले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ९६८ मा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म तीन करोड पाँच लाख ७९ हजार १०६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३५ प्रतिशत हो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४३.५१ करोड मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४५.७४ करोड ७४ लाख व्यक्तिको कोभिड-१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.