विश्वमा कोरोना : निको हुनेको भन्दा संक्रमितको संख्या बढी

साउन ११, काठमाडौं । विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुने भन्दा संक्रमित हुनेको संख्या दोब्बर रहेको छ। गत २४ घण्टामा विश्व भरमा दुई लाख ९५ हजार बढी निको भएका छन् भने, चार लाख २१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेहरुमा सबै भन्दा बढी इण्डोनेसियामा ३८ हजार छ सय ७९ रहेका छन् भने भारतमा ३८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। इण्डोनेसियामा एक हजार दुई सय बढीले गत २४ घण्टामा ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ३७ हजार ६ सय ४० रहेको छ। भारतमा पनि चार सय बढीले ज्यान गुमाए भने निको हुनेको संख्या ३५ हजार नौ सय बढी रहेको छ।

यूकेमा गत २४ घण्टामा २९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। इरानमा २७ हजार १ सय ४६, रसियामा २४ हजार ७२, ब्राजिलमा १८ हजार एक सय २०, मलेसियामा १७ हजार ४५, मेक्सिकोमा १५ हजार आठ सय २३, थाइल्याण्डमा १५ हजार तीन सय ३५ र फ्रान्समा १५ हजार दुई सय ४२ जना कोरोनाका संक्रमित गत २४ घण्टामा थपिएका हुन्।

गत २४ घण्टामा छ हजार छ सय ११ जनाले ज्यान गुमाए भने हालसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ७४ हजार छ सय १९ रहेको छ। यस्तै गत २४ घण्टामा निको भएका सँगै १७ करोड ६७ लाख ४६ हजार एक सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यस्तै हालसम्म विश्व भरमा १९ करोड ४७ लाख ९५ हजार सात सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबै भन्दा बढी अमेरिकामा ३ करोड ५१ लाख ९९ हजार चार सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकापछि भारतमा तीन करोड १४ लाख ९ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.