सत्ता गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी

साउन ९, काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राजमोका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन्।

बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका कार्यक्रम तथा प्राथमिताका विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको छ। देउवाको नेतृत्वमा सरकार गठन भएको १० दिन भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। प्रधानमन्त्री देउवाले साउन ३ मा संसदबाट विश्वासको मतसमेत पाइसकेका छन्। तर, मन्त्रिपरिषद विस्तार भने हुन सकेको छैन।

गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँडसमेत टुंगिएको छैन। यो बैठकले मन्त्रालयले बाँडफाँड गर्ने अपेक्षा गरिएको छ। माधव समूह सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय भने स्पष्ट भएको छैन। त्यसकारण पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.