एमाले नेपाल समूहले घोषणा गरे एक हजार सदस्यीय ‘पिपुल्स भोलेन्टियर’

साउन ७, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् ।

बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा नेता नेपालले एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।सो क्रममा नेता नेपालले पिपुल्स भोलेन्टियर कम्युनिस्ट विचारबाट अघि बढ्ने बताए । भोलेन्टियरले अरूले जे गर्छ त्यो नगर्ने उनको दाबी छ । “यो कम्युनिस्ट विचारबाट अघि बढ्ने संगठन हुनेछ पिपुल्स भोलेन्टियर ।

राम्रा मानिसको गुण तपाईंरूले सिक्नुपर्छ । नराम्रो बानी नसिक्नुहोला । यो कुरामा म विशेष जोड दिन चाहान्छु । राम्रो बानिव्यहोरा भयो भने मान्छेले गौरवबोध गर्नेछन् । युवा संघले निर्माण गर्ने पिपुल्स भोलेन्टियर असल मानिसको स्वभाव बोकेको स्वयंसेवक बन्नुपर्छ । अरूले जे गरे त्यो दोहोर्‍याउने होइन,” उनले भने । पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.