देउवालाई मत दिने २२ सांसदलाई ‘आममाफी’ दिने ओलीको घोषणा

साउन ७, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ साउनमा फ्लोरक्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने २२ जनालाई ‘आममाफी’ दिने घोषणा गरेका छन्।

ओलीले भनेका छन्,‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड।’

उनले भनेका छन्,‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं।’ ओलीले पुष्पलाल र मदन भण्डारीले सार्नुभएको महान् बिचारहरु कार्यान्वयन गर्न एकजुट हुनु पर्ने बताएका छन्।

‘को कहाँ छौं छोड्दिउँ, विगतका कुरा छोड्दिउँ, पदका कुरा छोड्दिउँ, स्वार्थका कुरा छोड्दिउँ, देशका कुरा गरौं, जनताका कुरा गरौं, समस्याका कुरा गरौं, समाधानका कुरा गरौं, पार्टीको एकताको कुरा गरों’, ओलीले भनेका छन्।

उनले पुष्पलाल ४३ औं स्मृति दिवसको अवसरमा संबोधन गर्दै बाटो विराएका, भड्किएका साथीहरुलाई पनि म आग्रह गर्न चाहान्छु, आउनुहोस् मिलेर काम गरौं, ओलीले थपे।

केपी ओलीले संबोधन गर्दै आन्दोलनले ठूलो क्षति व्यहोरेको बताएका छन्। ‘यस आन्दोलनले सानो क्षति व्यहोरेको छैन, यस आन्दोलनले ठूलो क्षति व्यहोरेको छ। फेरि भन्न चाहान्छु आउनुहोस् आन्दोलन सफल पारौं,’ ओलीले भने।

उनले पुष्पलालबाट शिक्षा लिएर आन्दोलन मर्न नदिने र सधै जीवित राख्ने पनि बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.