गोकर्णेश्वर १ को सभापतिमा सम्झनको उम्मेदवारी घोषणा

साउन ४, काठमाडौं। काङ्ग्रेसका नेता कार्यकर्तालाई अहिले १४ औ महाधिवेशन लागेको छ। केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ता यतिबेला नेतृत्वको लागि दौडधुप गरिराखेका छन् । काठमाडौं क्षेत्र नं ३ मा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि क्षेत्र देखि इकाई सम्म रौनक बढेको छ। काठमाडौं क्षेत्र नं ३ मा काँग्रेसका नेता कार्यकर्ताहरुले भेला, भेटघाटलाई तिब्रता दिदै अधिवेशनबाट योग्य,सक्षम ब्यक्तिहरुलाई नेतृत्वमा पुर्‍याउन सक्रिय रूपमा लागिपरेका छन् । कांग्रेसका क्रियाशील सदस्यहरु माझ नेताहरु आफ्नो नेतृत्वको दावी सहित जिताउनको लागि लागि परेका छन् ।

आगामी महाधिवेशनबाट आफ्नो नेतृत्व दाबी सहित यतिबेला काठमाडौं क्षेत्र नम्बर ३ को गोकर्णेश्वर वडा नम्बर १ इकाइ सभापतिको लागि सम्झन पोख्रेलले दाबी पेस गरेका छन् । नेपाली कांग्रेसलाई आगामी चुनावमा विजयी बनाउनका लागि,पार्टीलाई शक्तिशाली बनाउन सबैलाई सम्मानजनक ढंगले समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै नेता पोख्रेलले इकाई सभापतिमा आफुले उम्मेदवारी दिएको बताए । काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं १ इकाईका हाल मनोनित सचिब समेत रहेका पोख्रेलले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार अगाडी बढ्ने बताए ।

पोखरेलले ०६२÷ ६३ को जन आन्दोलनमा तत्कालीन क्षेत्रीय सभापति परशुराम पोखरेलको नेतृत्वमा नयाँपाटी सुन्दरीजल युबा परिचालन कमिटीको नेतृत्वमा रहेर काम गरिसकेका छ्न। उनी भन्छ्न नेपाली काङ्ग्रेसलाई म र मेरो भन्दा पनि हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउन आफ्नो तर्फ बाट सदैब लागि पर्ने समेत उनले बताएका छन् । हाल सम्म उक्त वडामा अरु कुनैपनी सदस्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा नगरेको उनले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.