प्रतिनिधिसभामा प्रधानमन्त्रीमा देउवाले पाए विश्वासको मत

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।

उनले आइतबार बेलुका संसद्बाट विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका केही सांसद, माधव कुमार नेपाल समूहका केही सांसद, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सांसदको मत प्राप्त भएको थियो ।

उनको पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत । मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । आज संसद्मा उपस्थित सांसदको संख्या २४९ थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.