साउन २९, काठमाडौं । नेपाल प्रहरीको टोल–टोलमा अभियानले समाजका विभिन्न प्रकारका अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग मिलेको महानगरिय प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द राज काफ्ले बताउँछन् ।
नेपाल सरकार गृहमन्त्रालयले तय गरेको शान्ति सुरक्षामा सुदृढिकरणका आवधारणा अनुरुप टोल–टोलमा प्रहरी अभियानले जनतामा विश्वास छाएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम तथा अन्र्तरक्रिया गर्दै जनतासंग निकटतम सम्बन्ध कायम राख्दै सूचना प्राप्त गर्ने र हुन सक्ने घटनाहरुबाट जनतालाई सुरक्षा अनुभूति गर्न प्रहरीले यो कदम चालेको उल्लेख गरेको छ । शान्ति सुरक्षा अमन चयन तथा प्रत्यक्ष रुपमा जनताको समस्या समाधान गर्न अभियानले सकारात्मक भूमिका खेलेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
बाँकी भिडियोमा

