युवा संघले जलायो उनकै घर छेउमा माधव नेपालको पुत्ला

असार ३०, काठमाडौं । राष्ट्रिय युवा संघले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएको छ।

युवा संघका कार्यकर्ताले कोटेश्वर–बालकुमारीबीचको आकाशे पुल नजिकै नेता नेपालको पुत्ला जलाएका हुन्। जहाँ, नेता नेपालको निजी निवास पर्दछ।

आफ्नै पार्टीको सरकार ढाल्ने विपक्षी गठबन्धनको बुई चढेको आरोप लगाउँदै उनीहरुले उनको पुत्ला जलाएका हुन्।

सर्वोच्च अदालतको असार २८ गतेको आदेशपछि नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ओलीलाई विदाई गर्न र ओलीको नीजि निवास बालकोटमा स्वागत गर्न पुगेका संघका कार्यकर्ताले ओलीलाई बालकोट पुर्याएर फर्किएपछि नेता नेपालको पुत्ला दहन गरेका हुन्।

यसअघि बालुवाटार छाडेर निजी निवास पुगेका ओलीले नेपालले एमालेविरुद्ध अपराध गरेकाले पार्टीमा कुनै ठाउँ नभएको उद्घोष गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.