राष्ट्रपतिद्वारा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

असार २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी छिन्। नेपालको संविधानबमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन्।

राष्ट्रियसभाको सोमबारको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ।

राष्ट्रियसभाको चालु आठौं अधिवेशन असार १७ गते आह्वान भएको थियो। अधिवेशनका क्रममा बसेको छ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक स्थिति, बाढीपहिरो र कोभिड–१९ लगायत जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.